Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “आयकर ऐन, २०५८” रहेकोछ ।

(२) यो ऐन नेपाल भर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै बसेको भए पनि बासिन्दा व्यक्तिलाई समेत लागू हुनेछ ।

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।